
काठमाडौं । कोरोना भाइरसबाट नेपालमा ज्यान गुमाउनेको संख्या १ सय ३७ भन्दा बढि पुगेको छ । हिजो मात्रै थप ११ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ सय ३७ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न ११ जिल्लामा १ महिला र १० पुरुष गरी ११ जना मृतक थपिएका जानकारी दिए ।





