होम आइसोलेसनमा बसेका विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु



काठमाडौं । होम आइसोलेसनमा बसेका विराटनगर ६ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

उनको बिहीबार राति ८ बजे मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिए । मृतक पुरुषमा गत बुधबार संक्रमण पुष्टि भएको थियो ।

लामो समयदेखि मधुमेहका विरामी समेत रहेका उनलाई ज्वरो र खोकी देखिएपछि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेका थिए ।

तर हिजो एक्कासी छाती दुख्ने र सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल लगिएको थियो । वडाध्यक्ष अस्पताल लाने क्रममा उनको बाटोमै मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्