नायिका रेखा थापाको आज जन्मदिन, शुभकामना दिनेको ओइरो



काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन परेको छ । कुनै समयमा रेखाको नाम नै चलचित्र चल्न काफी थियो । उनले खेलेका चलचित्रहरु बक्सअफिसमा कमैमात्र असफल हुन्थे । रेखा अहिले पहिले जस्तो चलचित्रमा धेरै दखिन्नन् । तर पनि आलोचनाले होस् वा प्रशंशाले रेखा चर्चामा भने अहिले पनि उत्तिकै छिन् ।

चलचित्र हिरो बाट नेपाली रजतपटमा पाईला चालेकी रेखाले अहिलेसम्म २०० भन्दा बढी चलचित्रमा काम गरिसकेकी छिन् । पछिल्लो समयमा उनका केहि चलचित्रहरु असफल हुँदै आएपनि रेखाले धेरै सफल चलचित्रहरु दर्शकमाझ पस्किएकी छिन् । निकै राम्रो र जस्तो पनि अभिनय गर्न सक्ने खुबीका कारण सबैको मनमा बस्न सफल रेखा नायिका मात्र नभएर निर्माता, निर्देशक र समाजसेवी पनि हुन् ।

उनका मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, कस्ले र्चोयो मेरो मन, हिम्मतवाली, किस्मत, तथास्तु, मालिका, रुद्रपिया लगायतका चलचित्र चर्चामा छन् । उनी धेरैजसो चलचित्रमा एक्सन अवतारमा देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्