
काठमाडौं । पाटन अस्पतालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति, ललितपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै एक महिला तथा पुरुषको कोरोना कारण मृत्यु भएको जनाएको छ ।
मृतक महिला दोलखामा निवासी रहेको र उनको उमेर ३० वर्ष रहेको विज्ञप्तिमा उल्लेख छ । उनी भदौ २ गते उपचारका लागि त्यहाँ भर्ना भएकी थिइन् ।
यसैगरी मृतक पुरुष सर्लाही, मलंगवाका हुन् । ४६ वर्षे उनको पनि आजै बिहान मृत्यु भएको हो । उनी साउन ३१ गतेदेखि उपचाररत् थिए ।





