झन भयावह बन्दै भारतको स्थिती, अहिले सम्म कति संक्रमण, मृत्यु कति ? अपडेट



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ८० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५३ हजार ९ सय ९४ नाघेको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा एकैदिन  ६९ हजार १ सय ९६ भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २८ लाख ३५ हजार ८ सय २२ पुगेको छ । अहिलेसम्म २० लाख ९६ हजार ६८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्