महामारीका बिच कोरोनाको उद्गमस्थल ऊहानमै हजारौं मानिसहरुको बिना मास्क यस्तो हर्कत



विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना महामारीको उद्गमस्थल चीनको ऊहानमा एक स्विमिङ पुल पार्टीले यसबेला सबैका ध्यान खिचेको छ । सो पार्टीमा हज्जारौं व्यक्तिहरु बिना मास्क सहभागी भएका तस्बिरहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् । जानकारी अनुसार यस पार्टीको आयोजना गत हप्ता गरिएको थियो ।

माया बीच वाटरपार्कमा भएको सो पार्टीमा म्युजिकल कन्सर्टको समेत आयोजना गरिएको थियो । सो भीडमा न त कसैले मास्क लगाएका थिए, न त कसैले सामाजिक दूरी नै कायम गरेका थिए । जबकी यही शहरबाट कोरोना संक्रमणको महामारी शुरु भएर अहिले विश्वभर महामारी छ ।

चिनियाँ सरकारको आँकडा अनुसार ऊहानमा मात्र करिब ३ हजार व्यक्तिको संक्रमणका कारण निधन भएको थियो । तर कुनै रिपोर्टहरुमा भने ऊहानमा मर्नेहरुको संख्या ४२ हजारको आसपासमा रहेको समेत दाबी गर्ने गरिएको छ । यद्यपि, यो पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्