छिमेकी भारतमा मृतकको संख्या ५० हजार नाघ्यो, सक्रमण कति ? अपडेट



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ५० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५० हजार ८४ नाघेको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा एकैदिन  ६३ हजार ९ सय ८६ भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २५ लाख ८९ हजार २ सय ८ पुगेको छ । अहिलेसम्म १८ लाख ६० हजार ६ सय ७२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्