
कलाकार, निर्माता तथा निर्देशक दिपकराज गिरी आफूलाई मन लागेका कुरा निर्धक्क भएर सामाजिक सञ्जालमा लेख्ने गर्छन् । जसका कारण उनी बेला बेलामा विवादमा पनि आउने गरेका छन् ।
यतिबेला सामाजिक सञ्जालमा उनले लेखेको एक स्टाटसले निकै नै चर्चा पाइरहेको छ । दिपकले भाइरस र भाइरलबाट बच्न सबैलाई अनुरोध गरेका छन् ।
दिपकको स्टाटस जस्ताको तस्तै–
आज म लेख्दैछू …”
“हिजो र आज “
हरेक दिन कोरोना virus को डर फैलिरहे संगै
एक चलचित्रकर्मी को हिसाबले आज कुन सहकर्मी viral हुने हो भन्ने डरले मुटु झस्किरहन्छ आजकल !!!
एकातिर virus को डर अर्को तिर viral को डर !
हिजोको दिनमा कुनै च्यानलमा interview दिएर आउदा
मनै गदगद हुनथ्यो ,टोल, छिमेकि
ससूराली सबैतिर आफै हल्ला गरिन्थ्यो
उत्साहित हुदै tv अगाडि बसिन्थ्यो interview हेरिन्थ्यो
तर आजकल समय फेरियो, हामि फेरियौ, सबै फेरियो
आजकल interview को लागि फोन आउदा पनि
अपराध अनुसन्धान कार्यालयबाट फोन आको जस्तो लाग्न थाल्यो
त्यसैले सकेसम्म फोनै उठाइन्न र उठाइहाले पनि “ बिजि छू पछि गरौला नि है ?” भनेर टारिन्छ…
सबैलाइ त टार्न सकिन्न अनि interview दिन त जानै पर्यो
अब जानै परेपछि सबै भन्दा पहिला सामान्य ज्ञान पल्टाएर
राष्ट्रीय गानका रचयिता को हुन्, नेपालको सबैभन्दा सानो जिल्ला कुन हो ? ७५ जिल्ला पछि थपिएका २ जिल्ला कुन हो
७ प्रदेश प्रमुख र संचारमंत्री को हो भनेर पढ्न थालिन्छ
Interview दिमागमा राखेरै सुतिन्छ
“ आफ्नै राष्टिय गान को रचनाकार था नपाउने,
यस्ता पनि सेलिब्रिटी “ भन्ने आबाज रातभर कानमा गुन्जिरहन्छ राम्रो संग निन्द्रा पनि पर्दैन !!
भोलि पल्ट स्टूडियो गइन्छ , नमस्कार आदान प्रदान हुन्छ !
सबैभन्दा पहिला ऑखा camera तिर जान्छ ,
आफूलाइ त्यो camera होइन ,बन्दूक जस्तो लाग्न थाल्छ !
मानौ रिपोर्टिंग गर्नेको हात पनि माइकमा होइन ट्रिगरमा छ
सशंकित र पसिना पसिना हूदै सकिन्छ interview
एक प्रकारको युद्द जिते झै लाग्छ !
interview प्रसारण हुने दिन बिहान देखि नै जिउ गर्हौ हुन्छ
पहिला पहिला एकपल्ट हेर्नै interview ,अहिले कसैलाइ नभनि
सुटुक्क कोठामा गएर दोहोर्याइ, तेहेर्याइ हेरिन्छ !
Tiktok चेक गरिरहन मन लाग्छ ,केहि viral पो भैसक्यो कि
त्यो दिन काममा ध्यानै जान्न, खालि ध्यान फोनमा मात्रै !
चैबिस घन्टा ऑखा ,interview का कमेन्टहरूमा
ससुराको फोन आउदा पनि झसंग झस्किन्छ
“ के हो ज्वाइ साहेब के तोरिलाउरे interview दिएको त्य्सतो ?
यस्तै गालि गर्लान कि भन्ने डरले मुटु धडकिरहन्छ…
यो माथिको स्थिति एक ब्यग्य मात्रै नभइ
भोलिको बास्तबिकता हो जस्तो लाग्न थालेको छ !
किन यस्तो ? के कारणले यस्तो ?
केहि कुरा त पहिला पनि लेखेकै हूं!
जब देखि viral गर्ने गराउने,viral का चक्कर मा लाग्ने
राम्रो interview नहेरिने, बिग्रिएको भत्किएको, चिप्लिएको समाचार र यसका headlines बिक्री हुन थाल्यो…
यसबाट एकप्रकारको intellectual crime बढ्न थाल्यो,
जे बिक्छ त्यहि बेचौ भन्ने मानसिकता हाबि हुदै गयो
यसकै परिणति हो पछिल्ला धेरै घटनाक्रमहरू
यदि यहि क्रम चलिरहने हो भने यसबाट सबैभन्दा घाटा
कलाकार र त्यो भन्दा पनि घाटा genuine पत्रकारीता गर्दै आएका निर्दोष साथिहरू लाइ हुन जान्छ !
कलाकार ले क्यामारा र पत्रकार देख्दा तर्सिने
पत्रकारले कलाकार को राम्रो “ interview “ को लागि पनि
दुख पाउनु पर्ने …… हामि यस्तै बाटो हिडिरहेका छौ!!
पहिला पहिला पत्रकार साथिहरूले कलाकारले बोलेको नराम्रो लाग्ने कुरा आफैले काटिदिन्थे,
तर आजकल “ कलाकार चिप्लेको कुरा हाम्ले किन मिलाइ मिलाइ काटिदिनु पर्ने?” भन्ने दिन आयो
एकै क्षेत्रको भएको नाताले हामि मध्य जो नॉगिए पनि औला चाहि हामि दूबै तिर उठछ है ?यसमा शंका नगरौ!
अहिलेको स्थितिमा viral र virus दूबै बाट बचौ!!!





