
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अहिले कन्टोभर्सीले ठुलै वितण्डता मच्चाएको छ । केही हप्ताको अन्तरमा २ वटा मुद्दा चर्चामा रहे । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भूवन केसीले आफूलाई ह्यारेसमेन्ट गरेको भन्दै मिडियामा भनाई सार्वजनिक गरेपछि यो बिषय अदालतसम्म पुगेको छ ।
त्यसको केही हप्तापछि एक टेलिभिजनमा संचारकर्मी प्रकाश सुवेदीले बोलेको कुराले हंगामा मच्चायो । नेपाली नायिकाहरुलाई लक्षित गर्दै उनले ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दारा मिलाइ मिलाई, कती हाँस्नु’ भन्ने शब्द उल्लेख गरेपछि यसको आलोचना भयो । प्रकाशले माफी पनि मागे । तर, नायिका पूजा शर्माले भने उनको माफी माग्ने तरिकालाई स्विकार गर्न नसकिने भन्दै विभिन्न निकायमा उजुरी दिइन् ।
नेपाली चलचित्र क्षेत्रले यो बिषयमा चर्को आवाज उठायो । नायक–नायिका, निर्माता, निर्देशक सबैले प्रकाशको शब्द र शैलीको विरोध गरे । तर, साम्राज्ञीलाई ह्यारेसमेन्ट भयो भन्दा खेरी चाहिँ कोही कसैले केहि नबोल्ने तर पुजा र सम्रग नायिकालाई यति भन्दा खेरी चाहिँ किन उर्लिनु पर्ने भन्ने खालको अभिव्यक्ति आइरहेको छ, भन्ने प्रश्नमा नायिका पूजा शर्मा भन्छिन्–‘साम्राज्ञी र मेरो बिषय नै फरक हो’।
मेरो विषयमा जो दर्शक पनि आएर बोल्न मिल्छ, मेरो भने पुरै मिडिया अगाडी आएर गाली गरेको होनी त, सबैलाई थाहा छ तर भूवन केसी र साम्राज्ञीको बारेमा बोल्न मिल्दैन हामीलाई केहि थाहा छैन, सुटिङ सेटमा भएको कुरा हामीले केहि देखेका छैनौं । नारी बादी भन्दै भूवन दालाई केहि नबुझी गालि गर्नु त भएन नि अनि फेरी भूवन दालाई सपोर्ट गरेर साम्राज्ञीलाई नराम्रो गर्नु त भएन नी किनभने सबै कुरा बाहिर आए पछि दुवैलाई बुझेर, दुबैलाई राम्रो सँग विश्लेषण गरेर, मात्र हो यो गलत हो यो सहि भन्न मिल्छ ।





