रुसका राष्ट्रपति पुटिनकी छोरीलाई कारोनाको पहिलो भ्याक्सिन दिइयो



रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेका छन् । उनले भ्याक्सिन दुई महिनासम्म परीक्षणपछि तयार गरिएको हो र अब यसलाई स्वास्थ्य मन्त्रालयले पनि मञ्जुरी दिएको बताएका छन् ।

कोरोनाको भ्याक्सिन पुटिनकी छोरीलाई पनि दिइएको बताइएको छ र अब यसको ठूलो स्तरको डोज तयार गरिने बताइएको छ ।

यो खबरसँगै पुटिनकी कुन छोरीलाई भ्याक्सिन दिएको होला भनेर चर्चा सुरु भएको छ । भ्लादिमिर पुटिनका दुई छोरी मारिया पुटिन र येकातेरिना पुटिन छन् तर कुन छोरीलाई यो भ्याक्सिन दिइएको हो, यसको जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्