जनकपुरधाममा कोरोना संक्रमणबाट एक जनाको मृत्यु



जनकपुरधाम । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जनकपुरधम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ७ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड १९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।

डा.सिंहले भने, उहाँको १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको थियो । गएराति डेथ भयो । उनी क्षयरोगा र निमोनियाबाट पनि पीडित रहेको डा.सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्