कर्मचारीमा कोरोना देखिएपछि अध्यागमनको सेवा बन्द



काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो ।

त्यसमध्ये ५६ जनामा कोरोना नेगेटिभ आएको छ । एक जनामा पोजेटिभ आएको छ । ‘कर्मचारीमा पोजेटिभ आएपछि इमर्जजेन्सीबाहेक सबै सेवा बन्द गरेका छौं’ । उनले भने ‘अब उहाँको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण हुन्छ’ ।

उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।

विमानस्थलका कर्मचारीको समेत नियमित परीक्षण भइरहेको र त्यहाँ भने पोजेटिभ नपाइएको महानिर्देशक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्