
काठमाडौं । महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कार्यलयस्रोतका अनुसार मेट्रो कन्ट्रोल रुममा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो ।
३ प्रहरी संक्रमित भएपछि उनीहरुको सम्पर्कमा रहेका अरुको पनि कोरोना परीक्षणको तयारी भएको कार्यालयले जनाएको छ ।





