धनुषामा कोरोनाको जस्तै लक्षण देखिएका दुई जनाको मृत्यु



जनकपुरधाम । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दूई जनामो मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेस नेता छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका २ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उनलाई उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब संकलन गर्ने काम भइरहेको छ । विदामा गएको बेला उनी एकाएक बिरामी भएका थिए ।

यस्तै , धनुषाकै शहीद नगरपालिका ८ का ५० वर्षीय पुरुषको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वार प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा मृत्यु भएको उनको पनि स्वाब संकलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्