पर्सामा ७५ जनामा कोरोना संक्रमण पुष्टि



वीरगञ्ज । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायाणी  अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज – २ छपकैयाको २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् ।

कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना, जिल्ला प्रहरी कार्यालयका ९ जनामा संक्रमण देखिएको छ ।

यसैगरी ज्वरो, रुघा, खोककीको लक्षण देखिएका ९ जना, पर्सागढी नगसपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना, र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्