अमेरिकामा ५१ लाख ४८ हजारभन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ? अपडेट



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ४१ बढी पुगेको छ ।

एकैदिन थप ५२ हजार ८ सय ४८ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५१ लाख ४८ हजार ३ सय ७२ बढी पुगेको छ । संक्रमितमध्ये १८ हजार ३३ जनाको अवस्था गम्भीर रहेको छ भने २६ लाख ३५ हजार १ सय ४० जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्