काहालीलाग्दो बन्यो ब्राजिल, अस्पतालका कोठादेखि सडक पेटीसम्मै शव, अपडेट



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमणले ब्राजिलमा १ लाखभन्दा बढीको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण ब्राजिलमा छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ८ सय ४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ५ सय ४३ बढी  पुगेको छ ।

एकैदिन ४६ हजार ३ सय ५ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३० लाख १३ हजार ३ सय ६९ बढी पुगेको छ । संक्रमितमध्ये २० लाख ९४ हजार २ सय ९३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या नरोकिदा शव व्यवस्थापनमा पनि निकै समस्या देखिएको छ ।अस्पतालका खाली कोठा र पार्किङ स्थलमै शव राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्