
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।
पछिल्लो २४ घण्टामा ९ सय ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार ५ सय ७८ नाघेको छ ।
लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा एकैदिन अहिले सम्मकै उच्च ६१ हजार ४ सय ५५ भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २० लाख ८६ हजार ८ सय ६४ पुगेको छ । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए ।योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म १४ लाख २७ हजार ६ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् ।





