चिकित्सकको चरम लापरवाही : अर्कै समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु



काठमाडौं । रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण जनकपुरधाममा एक सुत्केरीको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी अस्पतालमा प्रसुति गराउन आएकी महोत्तरी गौशाला नगरपालिकाकी २२ वर्षकी गंगादेवी महतोको शुक्रबार विहान मृत्यु भएको हो । शलक्रियामार्फत बिहीबार साति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएको थियो ।

तर महिलाको रक्तसमूह ओ पोजेटिभ रहेकोमा अस्पतालले बी पोजेटिभ रगत चढाउँदा मृत्यु भएको आफन्तले बताएका छन् । महिलाको रगतको स्याम्पल दिएर अस्पतालका चिकित्सकले रगत ल्याउन रेडक्रसको रक्तसंचार केन्द्रमा पठाएको थियो । रक्तसंचार केन्द्रले ओ पोजेटिभ सट्टा बी पोजेटिभ रगत दिएर पठाएको र चिकित्सकले चेक नगरी सोही रगत चढाउदा ती महिलाको मृत्यु भएको हो ।

‘हामीले घटनाबारे बुझेलगत्तै दुई जना चिकित्सकलाई पक्राउ गर्न लगाएका छौं ‘। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने दुबैलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्