सिरहामा २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु



काठमाडौं । सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा बिहिबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गैला रोगी उनि डायलासिस सेवा लिन धरान पुगेका थिए ।

प्रजिअ कणेलका अनुसार केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्