प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) अंगरक्षक र एकजना सशस्त्र प्रहरीक जवानमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो । स्रोतका अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ ।

मन्त्री यादव हालै काठमाडौंबाट फर्किएका थिए । “काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जााच गराउँदा कोरोना पोजेटिभ देखियो” , मन्त्री यादव निकट स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्