थप २५९ जनामा कोरोना संक्रमण पुष्टि



२० साउन २०७७, काठमाडौं । नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

देशभर कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगे पनि १५ हजार २६ जना संक्रमणमुक्त भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्