काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो



२० साउन २०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र १४ वटा अस्पताललाई कोरोना परीक्षणका लागि स्वाब संकलन केन्द्रको रुपमा छुट्याएको छ ।

मन्त्रालयले मंगलबार एक सूचना सार्वजनिक गर्दै काठमाडौं उपत्यका भित्र १४ वटा अस्पतालहरुमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने स्थान तोकेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, प्रसूती गृहलाई स्वाब संकलन केन्द्र तोकिएको हो ।

यस्तै स्टार अस्पताल, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई पनि स्वाब संकलन केन्द्र तोकिएको छ । यी १४ वटा अस्पतालहरुमा कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले स्वाब दिएर कोरोना परीक्षण गर्न सक्नेछन् ।

यी १४ वटा अस्पतालमा कोरोना परीक्षणका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेस्म्म स्वाब परीक्षण गराउन सकिने छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढिरहेको बताए ।

Image may contain: text that says 'नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना सूचना !! सूचना मिति सम्बन्थमा महामारी संक्रमण बढिरहेको उपत्यकाकमा यसको बढिरहेको सर्वसाधारण घरबाहिर अत्यावश्यक अवस्थामा संकास्पद खोजपडताल सम्पर्कमा व्यक्तीहरु जोखिमयुक्त स्थाहरुबाट केन्द्रमा विहानको अस्पतालहरु सबैमा अवस्थामा काठमाडौ जनस्वास्थ्यका भिडभाड नगने, सस्बन्थमा विरामीको बनाईएको भएका व्यक्तीहरुले परिक्षण संकलन केन्द्रहरु: अनुरोध सहयोग गर्न अस्पताल, सिभिल शिक्षण अस्पताल विरेन्द्र अस्पताल अस्पताल भक्तपुर अस्पताल अस्पताल अस्पताल शसस्त्र प्रहरी प्रसुती हयाम्स अस्पतालहरु अस्पतालहरु, कोभिड मैत्री अस्पताल अस्पतालहरु, कोभिड अस्पताल .... समिरकुमार अधिकारी सह-प्रवक्ता, मन्त्रालय'

प्रतिक्रिया दिनुहोस्