कोरोना महामारी बीच अमेरिकाको क्यालिफोर्नियामा थपियो यस्तो विपत्ति



२० साउन २०७७, काठमाडौं

अमेरिकाको क्यालिफोर्नियाको जंगल क्षेत्रमा भीषण (डढेलो) आगलागी भएको छ । शुक्रबारदेखि लागेको आगो तिव्र गतिमा फैलिरहेको बताइएको छ । जंगलमा लागेको उक्त ढढेलोलाई एप्पल फायर नाम दिइएको छ । आइतबारसम्म उक्त ढढेलो २० हजार एकड जंगल क्षेत्रमा फैलिसकेको छ । डढेलोका कारण सो क्षेत्रमा थुप्रै इलाकाहरुमा तापमान बढेको छ ।

क्यालिफोर्नियाको डढेलो नियन्त्रण विभागले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा गएर बस्न आह्वान गरेको छ । डढेलो फैलिएसँगै ८ हजारभन्दा बढी व्यक्तिले घर छोडिसकेका छन् । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा यसको धेरै असर देखिएको छ । डढेलो नियन्त्रणको टोली आगो नियन्त्रणका लागि जुटिरहेको छ । त्यसका लागि १३ सयभन्दा बढी फायर फाइटर्सहरु जुटिरहेका छन् ।

सन् २०१९ मा पनि क्यालिफोर्नियाको जंगल क्षेत्रमा ८५ वर्षयताकै सबैभन्दा ठूलो डढेलो लागेको थियो । त्यसबेला ३१ जनाको ज्यान समेत गएको थियो ।

प्रतिक्रिया दिनुहोस्