थुप्रै भ्याक्सिन तेस्रो चरणको ट्रायलमा भएपनि खासै आशा छैन – डब्ल्यूएचओ



२० साउन २०७७, काठमाडौं

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एडोनोम गेब्रिएससले कोभिड–१९ को भ्याक्सिन बनिहाले पनि अहिले यसको कुनै अचूक औषधी नभएको र सायद कहिल्यै पनि बन्न नसक्ने बताएका छन् ।

टेड्रोसले यसअघि पनि सायद कोरोनाभाइरस कहिल्यै समाप्त नहुने र यससँगै हामीले बाँच्न सिक्नुपर्ने बताइसकेका छन् । यसअघि टेड्रोसले कोरोना बहुरुपी भएकोले यो अन्य भाइसभन्दा पूर्ण रुपमा अलग भएको जानकारी दिएका छन् ।
टेड्रोसले मौसममा परिवर्तन हुँदा कोरोनामा कुनै असर नपर्ने बताएका छन् किनभने कोरोना मौसमी रोग होइन ।

डा. टेड्रोसले संसारभरीका मानिसहरुले कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दुरी, राम्रोसँग हात धुने र मास्क लगाउने नियम अपनाइरहेका छन् र यसलाई भविष्यमा पनि जारी राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

हालसम्म संसारभरी एक करोड ८१ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । यस्तै मृतकको संख्या पनि ६ लाख ८९ हजार पुगिसकेको छ ।

डा. टेड्रोसले भने, ‘थुप्रै भ्याक्सिन तेस्रो चरणको ट्रायलमा छ र हामीलाई आशा छ कि कुनै एक भ्याक्सिनले मानिसहरुलाई संक्रमणबाट जोगाउन प्रभावकारी साबित हुनेछ । यद्यपि, अहिले यसको कुनै अचुक औषधी छैन र यो कहिले पनि नभेटिने सम्भावना पनि छ । यस्तोमा हामी कोरोनाको परीक्षण, आइसोलेशन र मास्कमार्फत् रोक्ने काम जारी राख्नेछौं ।’

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्