झन भयावह बन्दै भारतको स्थिती, अहिले सम्म कति संक्रमण, मृत्यु कति ? अपडेट



१९ साउन २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३८ हजार १ सय ६१ नाघेको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा एकैदिन ५२ हजार ७ सय ८३ भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १८ लाख ४ हजार ७सय २ पुगेको छ ।  अहिलेसम्म ११ लाख ८७ हजार २ सय २८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्