पल, दयाहाङदेखि पूजासम्म, जो तयार छन् आफ्नो पारिश्रमिक घटाउन…



१४ साउन २०७७, काठमाडौँ

कोरोनाको कारण लामो समयसम्म भएको लकडाउनले चलचित्र क्षेत्र डामाडोल भएको छ । न त हलहरु नै खुलेका छन्, न त चलचित्रको छायांकन नै सुरु भएका छन् ।

इस्तोमा चलचित्रमा काम गरेकै भरमा जीवन चलाउनेहरुको लागि समस्या पैदा भएको छ । यस्तै रिलिज हुनुपर्ने चलचित्र रिलिज नहुदाँ धेरै निर्माता निर्देशकले घाटा व्येहोर्नु परेको छ ।

कत्तिले त चलचित्र बनाउने आँट नै गर्न सकिरहेका छैनन् । यस्तो माहोलमा कलाकारले केही प्रतिशत आफ्नो पारिश्रमिक घटाइदिए निर्माता निर्देशकलाई अलि सहज हुन्छ । एउटा चलचित्र बन्न कलाकार मात्र नभएर, प्राविधिक, कोरियोग्राफर, म्यूजिक डिरेक्टर लगायतको ठूलो टिमको आवश्यकता पर्दछ । त्यसैले पारिश्रमिक घटाउँदा सबैले घटाउन आवश्यक छ ।

अभिनेता पल शाह लकडाउन अलि खुकुलो भएसँगै म्यूजिक भिडियोको काममा निकै नै व्यस्त छन् । उनले आफ्नो पारिश्रमिक म्यूजिक भिडियोमा २५ प्रतिशत घटाएका छन् । उनले सबैले घटाए चलचित्रमा पनि आफू पारिश्रमिक घटाउन तयार रहेको बताएका छन् ।

यस्तै नायिका पूजा शर्माले पनि समस्यासँग सबैले डटेर लड्नुपर्ने भएकाले यस्तो माहोलमा आफू पनि पारिश्रमिक घटाउन तयार रहेको बताएकी छिन् । तर पूजाले आफू एक्लैले पारिश्रमिक घटाएर मात्र नहुने भएकाले सबैले घटाउन आवश्यक रहेको बताएकी छिन् ।

यस्तै सर्वाधिक पारिश्रमिक लिने अभिनेता दयाहाङ राईले पनि केही प्रतिशत पारिश्रमिक घटाउन तयार भएको जानकारी दिएका छन् ।

नायिका स्वस्तिमा खड्का पनि आफ्नो पारिश्रमिक कम गर्न तयार छिन् । तर उनको पनि धारणा यो काम उनी एक्लैले नभएर सबैले गरे हुन्थ्यो भन्ने नै हो । अरु सबैले आफ्नो पारिश्रमिक घटाए उनले आफू पनि त्यसका लागि राजी भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्