पर्सामा पाँच स्वास्थ्यकर्मीसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि



वीरगञ्ज – पर्सामा पाँच जना स्वास्थकर्मीसहित थप १८ जनामा कोरोना संक्रमण देखिएको छ।

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

कन्ट्याक्ट् ट्रेसिङको आधारमा गत साउन ७ , ८ र ९ गते उनीहरुको स्वाब संकलन गरि गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित १८ जना मध्ये वीरगञ्ज महानगरपालिका १३ जना छन् भने बाँकी ६ जना पर्सागढी नगर पालिकाका हुन्।

पर्सागढी नगर पालिकाका संक्रमित मध्ये ५ जना नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी रहेको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्