प्रहरी कार्यालयमा एकैदिन २० प्रहरीमा देखियो कोरोना



११ साउन २०७७, काठमाडौं

१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत २० जना प्रहरीलाई कोरोना देखिएको छ । प्रहरी स्रोतका अनुसार एक नम्बर प्रदेशका प्रहरी प्रमुखका बडीगार्डसहित २० जनालाई कोरोना पुष्टि भएको हो ।

गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत पाँच प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । त्यसक्रममा २० जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको छ । यद्यपी प्रदेश प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएपनि संख्या खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्