सुशान्तको निधन भएको भन्दै १३ बर्षकी युवतीले गरिन् आत्महत्या



०९ साउन २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले करिब २ महिना अघि आत्महत्या गरेका थिए । उनको आत्महत्याको खबर अझै सेलाएको छैन । सुशान्तका फ्यानले दैनिक उनको सम्झना गरिरहेका छन् ।

सुशान्तको निधनपछि उनका केही फ्यानले सुसाइड गरेर ज्यान समेत दिए । यस्तै अस्तिमात्र पनि एक युवतीले आफ्नो ज्यान दिइन् ।

भारतको दुर्ग जिल्लामा रहने १३ बर्षिया युवती सुशान्तको निकै नै ठूलो फ्यान थिइन् । सुशान्तको निधनले उनलाई निकै नै चोट पुर्याएका कारण उनले आफ्नै घरमा पासो लगाएर आफ्नो ज्यान दिएकी हुन् ।

उनले सुसाइड गर्नुअघि घरमा सुसाइड नोट समेत छोडेकी थिइन् । प्रहरीले उक्त सुसाइड नोट फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्