थप ११६ जनामा कोरोना संक्रमण, ६९७ जना डिस्चार्ज



३१ असार २०७७, काठमाडौं

बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

बुधबार काठमाडौं जिल्लामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्