निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलवी विदा



३१ असार २०७७, काठमाडौं

निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।

आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् । अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् ।

साथै शिक्षक र कर्मचारीको तलबलगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्