भारतमा दैनिक संक्रमणदर निकै उच्च, कति पुगे मृतक र संक्रमित ? अपडेट



३१ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ८८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४ हजार ३ सय १५ नाघेको छ ।

भारतमा एकैदिन २९ हजार ८ सय ४२ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९ लाख ३७ हजार ४ सय ८७ पुगेको छ । ५ लाख ९३ हजार ८० जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्