अमेरिकामा ३१ लाख ५८ हजारभन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ? , अपडेट



२५ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ८ सय ६२ बढी  पुगेको छ ।

एकैदिन ६१ हजार ८ सय ४८ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३१ लाख ५८ हजार ९ सय ३२ बढी पुगेको छ । संक्रमितमध्ये १५ हजार ४ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ भने १३ लाख ९२ हजार ६ सय ७९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्