कोरोना त्रास बिच थपियो अर्को पीडा, भीषण बाढीका कारण सिन्धुपाल्चोकमा १८ बेपत्ता, २ शव फेला



२५ असार २०७७, काठमाडौं

गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब फेला परेको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाले  जानकारी दिएको छ । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।

बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्