झन भयावह बन्यो छिमेकी भारत, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च संक्रमण, मृत्यु कति ? अपडेट



२५ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ९१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार १ सय ४४ नाघेको छ ।

भारतमा एकैदिन अहिलेसम्मकै उच्च २५ हजार ५ सय ७१ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ६९ हजार ५२ पुगेको छ । ४ लाख ७६ हजार ५ सय ५४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्