भारतमा ७ लाख २० हजारभन्दा बढीमा फैलियो संक्रमण, दैनिक संक्रमणदर निकै उच्च, मृत्यु कति ? अपडेट



२३ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २० हजार १ सय ७४ नाघेको छ ।

भारतमा एकैदिन २२ हजार ५ सय १० जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख २० हजार ३ सय ४६ पुगेको छ ।  ४ लाख ४० हजार ९ सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्