भारतले रुसलाई पनि उछिन्यो, उक्लियो विश्वकै तेस्रो सर्वाधिक संक्रमित देशको सुचीमा, अपडेट



२२ असार २०७७, काठमाडौं

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या आइतबार रुसमा भन्दा धेरै भएको छ । भारतमा संक्रमितको संख्या ६ लाख ९५ हजार ८ सय ३६ रहेको छ भने रुसमा ६ लाख ८१ हजार २ सय ५१ संक्रमित छन् ।

यसका साथै भारत संसारको तेस्रो सबैभन्दा संक्रमित देश बनेको छ । पछिल्लो १० दिनमा भारतमा संक्रमितको संख्या सर्वाधिक बढेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ सय २१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९ हजार ७ सय नाघेको छ । एकैदिन २३ हजार ९ सय ३२ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ८ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्