कोरोना भाइरसको माहामारी बिच छिमेकी भारतमा थपियो अर्को पीडा



२२ असार २०७७, काठमाडौं

भारतको उत्तरप्रदेशस्थित एक मैनवत्ती उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

उत्तरप्रदेशको गाजियाबादस्थित एक मैनवत्ती बनाउने उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले जनाएको छ ।

मृत्यु हुने ६ महिला, एक पुरूष र एक बालक रहेको एनडीआरएफका महानिर्देशक सत्यनारायण प्रधानले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्