भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड कायम, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च संक्रमण, मृत्यु कति ? अपडेट



२१ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय १० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९ हजार २ सय ७९ नाघेको छ ।

भारतमा एकैदिन अहिलेसम्मकै उच्च २४ हजार १५ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार ९ सय ४ पुगेको छ । संक्रमितमध्ये ४ लाख ९ हजार ६२ जना उपचारपछि निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्