भारतमा ६ लाख २७ हजारभन्दा बढीमा फैलियो संक्रमण, दैनिक संक्रमणदर निकै उच्च, मृत्यु कति ? अपडेट



१९ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार २ सय २५ नाघेको छ ।

भारतमा एकैदिन २१ हजार ९ सय ४८ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख २७ हजार १ सय ६८ पुगेको छ । संक्रमितमध्ये ३ लाख ७९ हजार ९ सय २ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्