अमेरिकामा २८ लाख ३२ हजारभन्दा बढीमा फैलियो संक्रमण, आज मात्र थपिए ५२ हजार बढी संक्रमित, अपडेट



१९ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ३१ हजार ४ सय ६ बढी  पुगेको छ ।

एकैदिन ५२ हजार ३ सय ४१ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २८ लाख ३२ हजार २ सय ९४ बढी पुगेको छ । संक्रमितमध्ये १५ हजार ८ सय ९७ जनाको अवस्था गम्भीर रहेको छ भने ११ लाख ८५ हजार १ सय ९४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्