प्रसूति इतिहासमा पहिलो रेकर्डः १ सय ६८ किलोकी महिलाले जन्माइन् स्वस्थ शिशु



१४ असार २०७७, काठमाडौं

नेपालकै प्रसूति इतिहासमा पहिलोपटक १ सय ६८ किलो तौल भएकी महिलाले स्वस्थ शिशु जन्माएकी छिन् । नर्भिक इन्टरनेसनल अस्पतालमा असार १० गते कलंकीकी मेरिना हमालले शल्यक्रियामार्फत २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिनुभएको हो ।

वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले सफलतापूर्वक ती महिलाको शल्यक्रिया गरी प्रसूति गराएकी थिइन् । नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । डा। शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो ।

असाधारण तौल र शारीरिक वनावटका कारण निकै कठिन भए पनि उच्च सावधानीपूर्वक ती महिलाको शल्यक्रियामार्फत प्रसूति गराइएको डा. शर्माले बताइन्। सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत प्रसूति गराउनु आफैंमा निकै कठिन हुने चिकित्सकहरुको भनाइ छ ।

डा. शर्माले गर्भाधानको सुरुआती अवस्थादेखि नै ती महिलालाई उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको बताइन् ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्