नेपालमा कोरोना संक्रमणबाट फेरी एकको मृत्यु



११ असार २०७७, काठमाडौँ

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राती ११ : ५५ मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मृतक असार ८ गते आइसियूमा भर्ना भएका थिए । उनको शव व्यवस्थापनको तयारी भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्