
१० असार २०७७, काठमाडौं
सुदूरपश्चिम प्रदेशको कैलालीमा मंगलबार एकै दिन ५ महिने शिशु सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु एउटै वडाका ४३ जना छन् ।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४६ तथा बाजुरा, कञ्चनपुर र बझाङमा १/१ जना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । तीमध्ये १५ जना महिला र २९ जना पुरुष रहेका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा ५ महिने शिशुसहित ४३ जना नयाँ संक्रमित थपिएका छन् । भने वडा नम्बर ११ मा १ जना थपिएका छन् । संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन् ।





