लकडाउनमा १०१ किलो तौल बढ्यो, खुकुलो भएपछि हिँड्नै नसकेर यस्तो बिजोग



०७ असार २०७७, काठमाडौं

चीनको वुहानका एक २६ वर्षीय युवकको तौल अस्वभाविक तवरले बढेको देखेर चिकित्सकहरु नै आश्चर्यचकित बनेका छन् ।

वुहानमा कोरोना भाइरसको संक्रमण देखिएपछि लागू गरिएको लकडाउनको समयमा ती युवकको तौल अस्वभाविक तवरले बढेको जनाइएको छ ।

लकडाउनको अवधिमै ती युवकको तौल १ सय किलो बढेको समाचारमा जनाइएको छ । डेलीमेलका अनुसार ती युवकको नाम झोङ हो । उनी ५ महिनादेखि घरमै थिए । आश्चर्यजनक तरिकाले उनको तौल बढ्यो र उनी बिरामी परे । बिरामी सँगै अस्वभाविक तवरले उनको तौल बढेपछि उनलाई अस्पताल भर्ना गरिएणको छ ।

चिकित्सकले पाँच महिनामा ती युवकको तौल १ सय किलो बढेको बताएका छन् । अब उनको तौल २ सय ८० किलो पुगेको छ । उनी अहिले वुहान विश्वविद्यालयको झोङनान् अस्पतालमा भर्ना भएका छन् । चिकित्सले तौल बढ्नुको कारणबारे अनुसन्धान जारी राखेका छन् ।

सन् २०१९ को अन्तिमसम्म उनको शरीरको तौल जम्मा १ सय ७७ थियो । लकडाउनपछि उनको तौल अचानक बढेको हो ।चिकित्सकले तौल कम गर्नका लागि अन्तिम विकल्पकोरुपमा शल्यक्रिया गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्