नेपालमा कोरोना संक्रमणबाट फेरी एकको मृत्यु



०७ असार २०७७, काठमाडौं

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

गुल्मी छत्राकोट ५ का ६९ वर्षका पुरुषको असार ५ गते मृत्यु मृत्यु भएको थियो । मृत्युपश्चात नमुना संकलन गरी प्रदेश प्रयोगशाला भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

लकडाउनकै समयमा उपचारका लागि भारत गएका ती पुरुष प्यारालाइसिसका विरामी थिए ।

प्रतिक्रिया दिनुहोस्