
०७ असार २०७७, काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा ६४ जना महिला र ३ सय ५७ जना पुरुष गरी थप ४ सय २१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । जसमा ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् ।
एकैदिन ८ महिला १ सय ८६ पुरुष गरी जम्मा १९४ जना जना संक्रमित उपचारपछि निको भएका छन् । योसहित कोरोना निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ ।





