कसैका आफन्त र कतिपयको शव आउँदा भावविह्वल बन्यो विमानस्थल, खुुसी र दुुःखका आँसुु बगे



०६ असार २०७७, काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा केही दिनयता सुरक्षाकर्मीको बाक्लो उपस्थितिसँगै खुुसी र दुुःखका आँसुु बगिरहेका हुन्छन् ।

आफन्त आउँदा खुुसी हुुने र कतिपयको विदेशमै निधन भई शव आउँदा भावविह्वलको वातावरण देखिन्छ । शुक्रबार पनि यस्तै देखियो । विदेशमा रहेका नेपाली नागरिकको उद्धार सुुरु गरिएसँंगै विमानस्थलको आगमन कक्षमा स्वदेश फर्किदाको खुसी साट्नेहरू देखिएका हुन्छन् । विदेशमा रहेका आफन्त फर्र्किएपछि सरकारलाई धन्यवाद दिँदै खुसी आदानप्रदान गरेको पाइन्छ । यो खुसीलाई स्तब्ध पार्ने गरी आफन्तको शव आउँदा निराश वातावरण हुन्छ ।

आँसुुको धारा बन्ने गर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका अनुसार शुक्रबार कतारबाट २०, कुवेतबाट दुई र अन्य मुलुकबाट दुई गरी २४ वटा शव ल्याइएको छ । आफन्तको शव बुझ्न गएकाहरू रुँदै गरेको अवस्थामा भेटिन्छन् ।

रुपन्देही देवदहका यमबहादुर थापाको शव बुझ्न विमानस्थल पुगेका आफन्तहरूको रुँदै गरेको अवस्थामा भेटिएका थिए । थापाको शव उनकी श्रीमती उमा थापाले बुझेकी थिइन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुुसार सुर्खेतका नरबहादुर कामीको बन्दाबन्दीकै क्रममा वैशाख १८ गते कतारमा मृत्यु भएको थियो । उनको शव बोर्डले नै गृह जिल्ला सुर्खेत पुर्‍याइदिएको हो । केहीको भने पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको छ ।

विमानस्थलमा खटिनुभएका बोर्डका प्रतिनिधि हीरालाल ढकालले उद्धार कार्य सुरु गरेसँंगै २७ जनाको शव नेपाल ल्याइएको जानकारी दिए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्