गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि



०५ असार २०७७, काठमाडौं

गण्डकी प्रदेशमा ४ जना महिला र २० जना पुरूष गरी  थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा बाग्लुङमा १४, कास्कीमा ६, नवलपरासी बर्दघाट २ र स्याङ्जामा २ गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरू १९ देखि ६३ उमेर समुहका छन् । उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्